Manjusha

  • Manjusha-front
  • Manjusha-back

Manjusha

By Sabu Subedi

Book details

  • ISBN: 9789937924412
  • Publisher: Shikha Books
  • First Publish Year: 2075 BS
  • Edition: 1st
  • Cover: Paper Back
  • Category: Fiction | Novels
  • Language: Nepali
  • Pages: 287
  • Weight(gms): 200
Cost
USD 5.00

Quantity

A love story for the true romantics. Story about  love, selfless love  selfishness has been presented in a dramatic way in this book.

एकछिन त लाग्यो, युद्धबाट हात उठाएर तिम्रो हात थायूँ । रगतको होली खेल्न छाडेर तिम्रो सिउँदो भरूँ । तिमीलाई अँगालँ । माया नै माया दिऊँ । आफ्नो बनाऊँ । चुनँ । तिम्रा अङ्गप्रत्यङ्ग चलाऊँ । सुमसुम्याऊँ । तर मेरो स्वाभिमान र आत्माले दिंदैन आफ्नो स्वार्थका लागि देशसँग गद्दार गरूँ । तिमीलाई युद्ध जितेर आफ्नो बनाउँछ । तर युद्ध हारेर नामर्दकी अर्धाङ्गिनी चाहिँ बनाउँदिनँ । प्रण गरेको छु, तिमी मेरो पहिलो प्रेम हौ । म तिमीलाई आफ्नो बनाउनेछु ।”

हो, त्यही ऊ सुतेको ओछ्यानलाई अँगाल्न मन लाग्यो । उसले निद्रा बिसाएको सिरानी चुम्न मन लाग्यो । उसको आवाज गुन्जिएका भित्ताभित्ता स्पर्श गर्न मन लाग्यो । उसले मलखाडीमा फालेका चुरोटको ठुटा सल्काएर पीडा भुल्न मन लाग्यो । सिद्धार्थलाई छातीमा टाँसेर पहिलो पटक माया गर्ने चाहनाले आतुर बनायो । तर यी सबै चाहना मेरा फगत चाहनामा मात्र सीमित थिए । किनकि, ऊ यो संसारमा थिएन ।

noimage

Sabu Subedi