Madhyantar

  • Madhyantar-front
  • Madhyantar-back

Madhyantar

By Anupam Roshi

Book details

Cost
USD 3.99

Quantity

- कहिलेकाहीं कथाहरू कथा मात्र रहँदैनन् । ति विभेद र अमानवीयताका जाहेरी बनिदिन्छन् । बर्बर समयको दुष्चक्रमा फसेका हृदयहरूको अवसानको अभिलेख भइदिन्छन् । आडम्वर र आत्माश्लाघा पटाक्षेप हुने दृष्य बनिदिन्छन् । जैविक आवश्यकता र सामाजिक निषेध बीचको संघर्षको इतिहास भइदिन्छन् । अस्वीकृत प्रेमका विज्ञप्ती बनिदिन्छन् । खुसीका सिमान्त कारणहरूका खुलाशा भइदिन्छन् । अथवा चेतनाका शिखाले कोरेका सपनाका नयाँ नक्शा बनिदिन्छन् । मध्यान्तर भित्रका कथाहरू तिनै चेतना र भोगाइका दस्तावेज हुन् ।

केशब सिग्देल

- आफ्नो लेखनलाई जैविक स्वतन्त्रताको मूल केन्द्रमा राखेर आदिम सत्ताको खण्डन गर्नु अनुपमको अठोट देखिन्छ । मध्यान्तर भित्रका कथाहरूले अवरूद्ध महाशून्यतामा पनि संसारलाई एउटा दृष्टी प्रदान गर्छन् । र, एउटा फरक बाटोमा यात्रा गराउँछन् । अनुपमको भाषिक कलाको सौन्दर्यबाट म निकै प्रभावित भएको छु ।

रामलाल जोशी

- जीवनमा रहस्य र रहस्यमा प्रेम खोज्ने अनौठो अभियान छ। पुस्तकमा । कतै राजनीतिक ट्रयाजिडीलाई रहस्यमय सुरूङभित्र छिराएर गरिने वौद्धिक विसर्जनको खोज छ त कतै अस्तित्व भित्रको जिजीविषा जोगाउने यत्न | मध्यान्तरमा पात्रको विद्रोही चेतनाले रहस्यका अनेक रूप लिन्छन् । विचार वा पात्रले छोड्ने छिद्रहरूमा आफ्नै दृश्य मिसाउने सुविधा पाठकलाई हुनेछ ।

युग पाठक

noimage

Anupam Roshi