Yogiko Athmakatha

  • Yogiko-Athmakatha-front
  • Yogiko-Athmakatha-back

Yogiko Athmakatha

By Pramhans Yogananda

Book details

Cost
USD 2.67

Quantity

This highly anticipated autobiography presents the discovery of the mysteries of human existence and the undesirable scenes and an attractive illustration of a great spiritual man in our era.

यो बहुप्रशंसित आत्मकथाले मानव-अस्तित्वको रहस्यको खोज र बिर्सन नसकिने दृश्यहरू तथा हाम्रो युगका एक जना महान् आध्यात्मिक पुरुषको चित्ताकर्षक वर्णनचित्र प्रस्तुत गर्छ। श्री श्री योगानन्दजीले उत्कट निष्कपटता, सरलता र प्रज्ञाका साथ आफ्नो जीवनका अध्यायहरू वर्णन गर्नुभएको छबालककालका अभूतपूर्व अनुभवहरू, युवावस्थामा ज्ञानगुरुको खोजी गर्दा अनेक साधु-सन्तहरूसँगको दर्शनभेट, ईश्वरानुभूति पाएका गुरुको आश्रममा दस वर्षको तालिम, अनेक वर्षको जीवन जसमा उहाँले सत्यान्वेषीहरूलाई आध्यात्मिक मार्गदर्शकका रूपमा शिक्षा दिनुभएको थियो। उहाँले रमण महर्षि, आनन्दमयी माता, मास्टर महाशय (रामकृष्ण परमहंसका सन्त शिष्य), महात्मा गान्धी, रवीन्द्रनाथ टयागोर र जगदीशचन्द्र बोससँग भएका भेटहरूको पनि वर्णन गर्नुभएको छ।

आधुनिक आध्यात्मिक महान् ग्रन्थका रूपमा गनिएको यस पुस्तकको एक्काइस भाषाहरूमा अनुवाद भइसकेको छ र अनेक कलेज र विश्वविद्यालयहरूमा पाठ्यपुस्तकका रूपमा पढाइन्छ। हजारौं हजार पाठकहरूले योगीको आत्मकथालाई सबभन्दा हृदयग्राही पाठ्यसामग्रीका रूपमा घोषित गरेका छन् ।

“यसभन्दा पहिले योग-विषयक अङ्ग्रेजी अथवा अन्य युरोपेली भाषामा योजस्तो ग्रन्थ लेखिएको थिएन ।”

- कोलम्बिया युनिभर्सिटी प्रेस, अमेरिका

“यो सन्तको आत्मकथा हृदयग्राही पठनसामग्री हो ।”

- टाइम्स अफ इन्डिया

आध्यात्मिक क्रान्ति ल्याउने शक्तिका रूपमा यस महत्त्वपूर्ण आत्मकथालाई मान्यता दिनुपर्छ ।”

- स्लेसविग होल्सनिच ट्याग्सपोस्ट, जर्मनी

“एउटा ग्रन्थ जसले मन र आत्माको ढोका खोल्छ ।”

- इन्डिया जर्नल

 

noimage

Pramhans Yogananda