Rana shasanko Brittanta (an Account of Rana Rule)

  • Ranashasanko-Brittanta-fron
  • Ranashasanko-Brittanta-back

Rana shasanko Brittanta (an Account of Rana Rule)

By Pramodshamsher Rana

Book details

  • ISBN: 9789994630721
  • Publisher: Pairavi Book House
  • First Publish Year: 2070 BS
  • Edition: 2070 BS/ 3rd
  • Cover: Paper Back
  • Category: History
  • Language: Nepali
  • Pages: 314
  • Weight(gms): 350
Cost
USD 4.67

Quantity

Statements of the Rana Regime

इतिहासबाट नै मानवसभ्यताको मुल्याङ्कन हुन्छ । आज हामी जहाँ छौं त्यहाँ को अध्ययनबाट हुन्छ । बितेको हिजोलाई सिलसिलाबद्ध रूपमा लिपिबद्ध गरिएका तथ्य र प्रमाणको आधारमा उभिएको अख्यान नै इतिहास हो भन्ने विद्वानहरूको भनाइ छ । तर, इतिहासको मूल्य राज्य सत्तासँग जोडिएको हुँदा कुनै देशको इतिहास भन्नाले त्यस देशका राजा महाराजाहरूकै गाथागायनमा त्यो केन्द्रीत भएको पाइन्छ । आम जनताको जीवनस्तरको तथ्यांक ती इतिहासहरूले बोकेका हुँदैनन्। तै पनि इतिहास भन्नाले जसरी सार्वजनिक हुँदै आएको छ त्यसैलाई स्वीकार गर्नुपर्ने बाध्यता हुन्छ नै ।

इतिहासकारहरूको वैयक्तिक अध्ययन र मान्यताहरूले इतिहासको प्रस्तुतिलाई प्रभाव पारेको हुन्छ। नेपालकै इतिहास पनि लेखक नै पिच्छे विवादास्पद तथ्यांकका साथ प्रस्तुत हुने गरको छन्। नेपाली तथा विदेशीहरूले लेखेका कैयौं इतिहासहरू आपसमा विरोधाभाषी पनि छन्। लेखकको आफ्नो अध्ययन, घटना र समय सँगको उसको घनिष्ठता लेखनको विश्वशनीयताको नजिक पुग्ने गर्दछ।

प्रस्तुत कृति राणाशासनको वृतान्त पछिल्लो पल्ट प्रकाशित भएको निकै पठनीय र रुचिकर कृतिको रूपमा स्थापित भएको छ । राणाशासनबारे लेखिएका कैयौं विभिन्न ग्रन्थहरूमा आग्रही दृष्टिकोणहरू ज्यादा प्रकाशित भएका पाइन्छन्। यो प्रकाशित/अप्रकाशित कतिपय सन्दर्भहरूसँग प्रत्यक्ष सरोकार राख्ने हुनाले विगत कृतिहरू भन्दा यसमा थप रहश्य र तथ्यहरूको प्राप्ति भएको पाठकीय प्रतिक्रियाहरू सुनिएको छ ।

१०४ वर्षको जहानिया राणा शासन अवधिका नौ जना प्रधानमन्त्री र तिनका वरिपरि घुमेको नेपालको शासकीय स्थितिको चित्रण एकदम नै सुन्दर ढङ्गले भएको छ । राणा प्रधानमन्त्रीहरूका सकारात्मक र नकारात्मक पक्षहरूको निर्भीक र निष्पक्ष चित्रण गर्दै उनीहरू भित्रको आन्तरिक षड्यन्त्रको मूल्याङ्कन गरिएको छ। नेपालको १०४ वर्षको समयका यी नायकहरूको सुन्दर चरित्र चित्रण भएको यो कृति इतिहास हुँदा हुँदै पनि एउटा सुन्दर आख्यान जस्तो लाग्दछ । यसअघि आफ्नै स्रोतबाट प्रकाशित भएको यस कृतिलाई पुनः प्रकाशन गर्न हामीलाई स्वीकृति दिनुभएकोमा लेखक तथा प्रकाशक दुवैलाई धन्यवाद दिन चाहन्छु । हाम्रो यस प्रकाशनले विभिन्न विधाका स्तरीय कृतिहरू प्रकाशन गर्दै आएको कुरा पाठकबीच स्पष्ट भएकै छ । यसपल्ट इतिहासको यो उत्कृष्ट कृतिलाई प्रकाशन गर्न पाउँदा हर्षित भएका छौं ।

- खगेन्द्र भट्टराई

noimage

Pramodshamsher Rana